इतिहास प्रति गौरव गर्न पहिचानको मुद्दाः नेता नेपाल

शनिबार, ०८ बैशाख २०७५, १६ : ४७
इतिहास प्रति गौरव गर्न पहिचानको मुद्दाः नेता नेपाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले बिखण्डनका लागि नभई इतिहास प्रति गौरबबोध गर्नका लागि पहिचानको मुद्धा उठाउनुपर्ने बताएका छन् । शनिबार नेपाल बंशज परिषद्को बार्षिक साधारणसभालाई काठमाण्डौमा सम्बोधन गर्दै उनले छुट्टै र अलग्गै छौं भन्ने देखाउन नभई नेपाल र नेपाली एक हौं भन्ने पहिचानका लागि लड्नुपर्ने बताए । पहिचानको मुद्धा उठाउने क्रममा विश्व कतिपय मुलुकमा नराम्रो अवस्था पनि श्रृजना भएको भन्दै उनले त्यस तर्फ पनि सचेत हुनुपर्नेमा जोड दिए ।

निर्जिव वस्तुले पनि आआफ्नो विशेषताका आधारमा पहिचान स्थापित गर्ने भएकाले मानवले आफ्नो पहिचान खोजेको विषयलाई अस्वभाविक मान्न नहुने उनको तर्क थियो । 

प्रतिक्रिया दिनुहोस