धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई कारवाही सिफारिस

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, १९ : २०
धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज  ढुंगानालाई कारवाही सिफारिस

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज  ढुंगानालाई कारवाही सिफारिस गरिएको छ ।  भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ ।

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन पश्चात् सरकारले आवश्यक निर्णय गर्ने बताए । सो क्रममा उनले अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्ने तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरूको हित रक्षामा सहयोगी हुने धारणा राखे ।

शेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले शेयर बजार घटबढ नहुने कुरा समेत उनले बताए ।    

प्रतिक्रिया दिनुहोस