विराटनगर–काठमाण्डौं ‘बुलेट एसी’ बस संचालनमा

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, १० : ४९
विराटनगर–काठमाण्डौं  ‘बुलेट एसी’ बस संचालनमा

file Photo

विराटनगर । विराटनगर सहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएको छ । विराटनगर–काठमाण्डौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस संचालनमा आएका हो । बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो ।

विराटनगर – काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार ५०० रुपैयाँ कायम गरिएको छ । भाइकिङ्ग बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ । यसका सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउने छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ ।

किट उपलब्ध गराए वापत यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन । किटमा पानी, ग्लोब्स, मास्क र केहि रुघाखोकी लाग्दा सेवन गर्ने औषधीहरु समावेश गरिने छ । सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस संचालनमा ल्याएका हुन् ।

१० करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी गरिएको छ । यात्राको लागि यात्रुले अनलाईन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने ब्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समुहले २७ सिटर बस २÷१ सोफा लक्जरि सिट सहितको बसहरु संचालनको तयारी समेत गरेको छ । त्यसमा भने शौचालयको सुविधा बस भित्रै हुनेछ ।

प्रतिक्रिया दिनुहोस