पुर्व जनसेनाको सम्मानमा पथको नामांकरण

सफल खबर संवाददाता

सोमबार, ०४ असोज २०७८, २० : ३८
पुर्व जनसेनाको सम्मानमा पथको नामांकरण

काठमाडौं । संविधान सभा दिवसको अवसर पारेर पश्चिम नवलपरासी सुनवल १३ मा एउटा टोलमा जनसेना पथको नामांकरण गरिएको छ । 

संविधान घोषणा भएको छैठौं वर्षको अवसर पारेर सुनवल नगरपालिका वार्ड नम्बर १३ सुर्यवस्तीको एउटा टोलमा जाने बाटोको नाम पुर्व जनमुक्ति सेनाको सम्मानमा जनसेना पथ घोषणा गरिएको सुनवल नगरपालिका वार्ड नम्बर १२ का अध्यक्ष कृष्ण देवकोटाले बताए ।

बसाईको हिसाबले पुर्व जनमुक्ति सेना नेपालका सदसयहरुको संख्या बडि भएको यस टोलमा जाने बाटोको नाम गणतन्त्र ल्याउनका लागि नेपाली सेना विरुद्धमा बहादुरीका साथ लडेका पुर्व जनमुक्ति सेना नेपालको सम्मानमा यस बाटोका नाम अब देखी जनसेना पथ रहने गरी बोर्ड गाडी बाटोको नाम जनसेना पथ राखीएको पुर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर अबविर विकले बताएका छन् ।

जनसेना पथ घोषणा कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा रहेका पुर्व जनमुक्ति सेनाहरु  सैन्य पोशामा समेत उपस्थित भएका थिए भने विभिन्न राजनैतिक पार्टीका नेता कार्यकर्ता, स्थानियवासी लगाएतको उपस्थिती रहेको थियो । 

माओवादी द्धारा गठित पुर्व जनमुक्ति सेनाहरु सेना समायोजनको प्रकृया मार्फत केही सेनाहरु नेपाली सेनामा समायोजन गरिएको थियो भने अन्य जनसेनाहरुलाई सरकारले नै विभिन्न प्रकारका अनुदान उपलब्ध गराई विदा गरेको थियो ।

सेना समायोजन भए पछि  नेकपा माओवादी द्धारा निर्माण गरेको जनमुक्ति सेना नेपालको संरचना विधिवतरुपमा भंग गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस