भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने

शनिबार, ०८ बैशाख २०७५, १२ : २०
भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी आउँदो मे ११ अर्थात यही वैशाख २८ गते नेपाल आउन लागेका हुन् ।
आगामी मे २५ मा मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८) मै नेपाल भ्रमणमा आउने समाचार लेखेको छ ।   यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

गएको चैत २३ देखि २५ सम्म भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । मोदीको यसपटकको नेपाल भ्रमण उनी सत्तामा आएदेखि तेस्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस