ओली-प्रचण्ड वान टू वान वार्ता

आज पनि बस्दैछन् ओली-प्रचण्ड वान टू वान वार्तामा

शनिबार, ०८ बैशाख २०७५, १२ : ०९
आज पनि बस्दैछन् ओली-प्रचण्ड वान टू वान वार्तामा

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि भेटवार्तामा जुट्दै छन् । पछिल्लो तीन दिन यता दुई नेताबीच हरेकदिन जसो वान टू वान वार्ता भएको छ ।

एकताको नजिक रहेको ठानिएका एमाले–माओवादीबीच अधिकांश विषयमा सहमति जुटे पनि एकताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्दमा अझै मतान्तर छ । यही असमझदारी मेट्नपछिल्लो तीन दिन यता दुई नेतावीच हरेकदिन जसो वान टू वान वार्ता भएको छ । तर सहमति भने हुन सकेको छैन ।

बैशाख ९ गते गर्ने भनिएको पार्टी एकता भाँडिएपछि पार्टी एकता संयोजन समितिको बैठकले बिवादित विषयमा सहमति जुटाउन दुई पार्टीका अध्यक्षलाई जिम्मा दिएको थियो । त्यसपछि  ओली र प्रचण्डवीच सधन संवाद शुरु भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस