सात वर्षीया बालिका मकैबारीमा मृत फेला

शनिबार, ०८ बैशाख २०७५, १० : ३०
सात वर्षीया बालिका मकैबारीमा मृत फेला

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ । सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

घाँस काट्न हिँडेकी बालिका साँझसम्म नफर्केपछि आफन्तले खोजतलास गर्दा शव फेला परेको थियो । शव परीक्षणका लागि रंगेली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस