दक्षिण अफ्रिकाका राष्ट्रपतिद्धारा संयमता अपनाउन आह्वान

शुक्रबार, ०७ बैशाख २०७५, १७ : ३५
दक्षिण अफ्रिकाका राष्ट्रपतिद्धारा संयमता अपनाउन आह्वान

केपटाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार आन्दोलनकारीप्रति संयमता अपनाउन सरकारी अधिकारीहरुलाई आह्वान गर्नुभएको छ । कानून कार्यान्वयन गराउने निकायका अधिकारीहरुलाई उहाँले उच्च सतर्कताका साथ उच्च संयमता अपनाउन आह्वान गर्नु भएको हो ।

दक्षिण अफ्रिकाको उत्तरपश्चिमी प्रान्तमा विगत केहीदिन देखि स्थानीयवासिन्दाले हिंसात्मक प्रदर्शनसहितको आन्दोलन गरिरहेका छन् । आन्दोलन चर्किदै गएपछि राष्ट्रपति रामाफोसाले बेलायतको लण्डनमा भईरहेको विश्वका नेताहरु सहभागी ‘कमनवेल्थ शिखर सम्मेलन’का लागि जारी भ्रमण नै छोट्याएर स्वदेश फर्किनु भएको छ ।
आन्दोलनकारीहरुले राष्ट्रपति रामाफोसाको दलबाट उत्तरपश्चिमी प्रान्तको मुख्यमन्त्री बन्नु भएका सुप्रा माहुमापेलोको राजिनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।
आन्दोलनका क्रममा कैयौ प्रदर्शनकारीहरु घाइते भएका छन् । आन्दोलन चर्किदै गएकोपछि राष्ट्रपति रामाफोसाले गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले बताएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस