उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली, क्वारेन्टिनमै विश्राम

सफल खबर संवाददाता

बुधबार, ३० भदौ २०७८, १४ : १४
उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली, क्वारेन्टिनमै विश्राम

काठमाडौं । एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । 

तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने छ । खेलाडीहरुले लामो यात्रा तय गरेर आएका छन् ।

त्यसैले विश्राम जरुरी छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन् ।फिलिप्सले क्वारेन्टिन अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताए । समूह एफमा रहेको नेपालले २ असोजमा फिलिपिन्स तथा ५ असोजमा हङकङको सामना गर्नेछ । 

प्रतिक्रिया दिनुहोस