टिकटक बनाउँदा सेती नदीमा खसेकी युवती बेपत्ता

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १८ : २६
टिकटक बनाउँदा सेती नदीमा खसेकी युवती बेपत्ता

तनहुँ । तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका ८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् । 

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनीसहित दुई जना साथी पनि थिए ।

लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो । नदीतर्फ जादै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बेपत्ता उनको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस