रावल, भुसाल र योगेशप्रति खगेन्द्र संग्रौलाको व्यंग्य : आफूलाई कठै भन्दिने आफूबाहेक कोही छैन !

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १२ : ०६
रावल, भुसाल र योगेशप्रति खगेन्द्र संग्रौलाको व्यंग्य : आफूलाई कठै भन्दिने आफूबाहेक कोही छैन !

काठमाडौं । नागरिक आन्दोलनका अगुवासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले भीम रावल, योगेश भट्टराई, धनश्याम भुसाल लगायतका एमाले नेताहरु अहिले घर न घाटका भएको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत् संग्रौलाले आत्मसमर्पणको शैलीमा केपी ओलीलाई साथ दिएका उनीहरुलाई अहिले ओलीले भाउ नदिँदा उनीहरुको राजनीतिक हैसियत कमजोर बनेको बताएका हुन्।

एमालेमा आन्तरिक विवाद चल्दा सुरुमा रावल, योगेश, घनश्याम लागायतका १० जना नेताले माधव नेपाललाई साथ दिएका थिए। एमाले अध्यक्षसमेत रहेका ओलीलाई सत्ताच्युत गर्न निर्णायक भूमिका खेलेका उनीहरुले एमाले विभाजनको बेला भने नेपालको साथ छाडेका थिए।

‘आफैँ इँइँमिमी गर्दै, हात मल्दै पाउमा लत्रिने भक्तलाई प्रभुले किन भाउ दिन्थ्यो ?’ संग्रौलाले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हेर्नोस्त प्रभुद्वारा उपेक्षित रावल, योगेश, घनश्यामादिको बिजोक ! न मुन्टो लुकाउने घर छ न घाट जाने बेला भा’छ। आफूलाई कठै भन्दिने आफूबाहेक कोही छैन !’

प्रतिक्रिया दिनुहोस