इंग्लीश प्रिमियर लिगमा एभर्टन विजयी

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, ११ : ५४
इंग्लीश प्रिमियर लिगमा एभर्टन विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले बर्न्लेमाथि ३–१ को जित निकालेको छ ।

आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन माइकल किन, एन्ड्रोस टाउन्सेन्ड र डेमाराइ ग्रे ले एक एक गोल गरे ।

पराजित टोली बर्न्लेका बेन मी ले पहिलो गोल गरेका थिए । जितपछि एभर्टनले प्रिमियर लिगको अंक तलिकामा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडसँग अंक बराबरी गरेको छ ।तालिकाको शिर्ष चार स्थानमा रहेका म्यान्चेस्टर युनाईटेड, चेल्सी, लिभरपुल र एभर्टनको समान १०–१० अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस