गैँडाकोट दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १० : ५३
गैँडाकोट दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत

चितवन । गैंडाकोटमा भएको बस दुर्घंटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ । आज बिहान बस र ट्रक ठोक्किंदा तीन जनाको मृत्यु र २४ जना घाइते भएका थिए । 

मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ ।

गैंडाकोट नगरपालिका वडा नं १० स्थित २३ स्मृति पुलनजिकै सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका थिए । दुर्घटनामा २४ जना घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस