विश्व

विदेशी भूमिमा उत्तर कोरियाली : एक्काइसौँ शताब्दीको दासत्व

एजेन्सी

शुक्रबार, ०७ बैशाख २०७५, १० : ०६
विदेशी भूमिमा उत्तर कोरियाली : एक्काइसौँ शताब्दीको दासत्व

काठमाडौँ । उत्तर कोरियासँग एक पछि अर्को मिसाइल बनाउनको लागि कहाँबाट पैसा आउँछ ? लगभग दुई वर्षसम्म कयैन देशहरुमा भइरहेको एक जाँचलाई विश्वास गर्ने हो भने लगभग डेढ लाख उत्तर कोरियाली मानिसहरु विभिन्न देशहरुमा बसेर पैसा कमाइरहेका छन् । उनीहरुको आयको रकम किम जोङ्ग उनको परमाणु कार्यक्रममा प्रयोग हुन्छ ।
यो जाँच अलग अलग देशहरुमा केही पत्रकारहरुको एक अन्तर्राष्ट्रिय समूहले गोप्य तरिकाबाट गरेका थिए । पत्रकारहरुको फरक–फरक समूहले रुस, चीन र पोल्याण्डमा काम गरिरहेको उत्तर कोरियाली नागरिकहरुसँग  कुरा गरेको थियो । रिपोर्टमा यी मानिसहरु गरिरहेको कामलाई ‘एक्काइसौँ शताब्दीको दासत्व’ भनेर भनिएको छ । उत्तर कोरियाका यी नागरिकहरुलाई हरेक वर्ष एक अर्ब पाउण्ड कमाउनका लागि विदेश पठाइने रिपोर्टमा उल्लेख छ ।

लण्डनमा उत्तर कोरियाका उप–राजदूत रहिसकेका थे याङ्ग–होका अनुसार यसमध्य धेरैजसो पैसा परमाणु कार्यक्रममा प्रयोग हुन्छ । थे योङ्ग हो भन्छन्, “यदी यो पैसा शान्तीपूर्ण रुपमा देशको विकासको लागि खर्च हुन्थ्यो भने अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पाथ्र्यो । त्यसो भए सारा पैसा कहाँ गयो त ? सबै पैसा किम र उनको परिवारको ऐशआराम, परमाणु कार्यक्रम र सेनामाथि खर्च गरियो । यो एक तथ्य हो ।”

रसिया
यो जाँचको दौरान पत्रकारको एक अण्डरकभर समूह रुसको व्लादिवोस्तोक शहरमा डेरा खोजी गरिरहेको मानिसहरु बनेर गयो र त्यहाँ काम गरिरहेका उत्तर कोरियाली मानिसहरुलाई भेटे ।

रिपोर्टर : तपाईले यहाँ काम गरे बापत कति पैसा पाउनुहुन्छ ?

उत्तर कोरियाली नागरिक : सबै कुरा हाम्रो कप्तानले लिन्छन् ।

रिर्पोटर : कप्तान ? जो यो समय इन्चार्ज छ ? कुनै रुसी व्यक्ति ?

उत्तर कोरियाली नागरिक : होइन, एक उत्तर कोरियाली नागरिक ।

यिनीहरु अपरिचितहरुसँग खुलेर कुरा गर्न हिच्किचाइरहेका थिए । तर, नाम उल्लेख नगर्ने सर्तमा एक मजदुर कोरियाली पत्रकारसँग कुरा गर्न तयार भए ।

उत्तर कोरियाली मजदुर :“यहाँ कुकुर जस्तो व्यवहार गरिन्छ र राम्रोसँग खान पनि पाइँदैन । यहाँ बसेपछि तपाईं आफूलाई मानिस ठान्न बन्द गर्नुहुन्छ ।”

यी मजदुरले आफ्नो धेरै जसो कमाई ती कप्तानलाई दिनुपर्छ ।
उत्तर कोरियाली मजदुर :“केही मानिस यसलाई पार्टीप्रति हाम्रो जिम्मेवारी भएको बताउँछन् भने केहीले यसलाई क्रान्ति प्रति कर्तव्य भन्छन् । जो यस्तो गर्न सक्दैनन् उनीहरु यहाँ टिक्न सक्दैनन् ।”

पोल्याण्डको स्तेचिन
पोल्याण्डको जहाज निर्माणस्थलमा ८०० उत्तर कोरियालीहरु काम गर्ने बताइन्छ । यसमा धेरैजसो वेल्डर र मजदुर छन् । जाँच गरिरहेका अण्डरकभर समूहले पोल्याण्डको स्तेचिन सहरमा जागिर दिने एक कम्पनीका प्रतिनिधिको हिसाबमा त्यहाँको एक गार्डसँग भेटे ।

गार्ड : “उत्तर कोरियाली मानिसहरु स्तेचिनमा सबैतिर छन् । उनीहरु यो र अर्को कम्पनीहरुमा पनि काम गर्छन् । उनीहरुको हालत हाम्रो देशमा पहिले कम्युनिष्ट शासनको समयमा जस्तो थियो त्यस्तै छ । तपाईहरुलाई थाहा छ होला उनीहरुलाई बोल्ने अनुमति किन छैन ? उनीहरुलाई पश्चिमले आकर्षित नगरोस् भन्ने सुनिश्चित गर्न ।” गार्डले पत्रकारहरुको समूहलाई उत्तर कोरियाली मजदुरहरुको मुख्य मानिसहरुसँग मिलाए ।

मुखिया : “हाम्रा नागरिकहरु पोल्याण्डमा काम गर्न आएका हुन् । उनीहरु तलब बिनाको छुट्टी मात्र लिन्छन् । जब कम समयमा धेरै काम गर्नु पर्छ हामी नरोकिकन काम गर्छौँ । हामी पोल्याण्डका मानिसहरु जस्तो होइनौं जो एक दिनमा आठ घण्टा काम मात्र गरेर घर जान्छन् । हामी यस्तो गर्दैनौँ, हामी जबसम्म आवश्यकता हुन्छ तब सम्म काम गर्छौँ ।”

वार्सामा रहेको उत्तर कोरियाली दूतावासले भने आफ्नो देशको नागरिकहरु पोल्याण्डको कानुन र युरोपेली संघको नियम मुताविक काम गरिरहेको दाबी गर्छ । पोल्याण्डको सरकारका अनुसार कामदारहरुले आफ्नो आय उत्तर कोरिया पठाइएका छन् कि छैन भन्ने विषयमा उसले निरन्तर खोजबिन गरिरहेको छ । पोल्याण्डले उत्तर कोरियाली नागरिकहरुलाई नयाँ वर्क परमिट जारी गर्न बन्द गरिसकेको छ ।

संयुक्त राष्ट्रको प्रतिबन्ध जारी, तर
 पूर्व उप–राजदुत थे योंग–हो भन्छन्, “यसमा केही शंका छैन कि विदेशमा काम गर्ने कामदारको कमाईबाट उत्तर कोरियामा रहेका तिनको परिवारहरुको गुजारा चल्छ तर के यसको मतलब हामीले तिनमाथि प्रतिबन्ध हटाइदिनुपर्छ ? यसको अलावा हामी कुन तरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम र मिसाइललाई रोक्ने सक्छौँ ?”
एक कम्पनी जेएमएले उत्तर कोरियाली नागरिकहरुलाई आफ्नो काममा नराखेको बताउँछ । कम्पनीका अनुसार उसकोमा काम गर्ने सम्पुर्ण कर्मचारीहरु कानुनी रुपमा काम गरिरहेका छन् ।

संयुक्त राष्ट्र संघले डिसेम्बरमा उत्तर कोरियामाथि प्रतिबन्धपछि उत्तर कोरियाली नागरिकहरुलाई विदेशमा काम गर्न प्रतिबन्ध लगाइएको छ । तर उत्तर कोरियाली नागरिकहरु पहिलेदेखि काम गरिरहेको अवस्थामा भने तिनलाई हटाउन दुई वर्षको समय दिइएको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस