बैतडी र दार्चुलामा ५.३ रेक्टर स्केलको भूकम्पको धक्का !

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, १५ : २६
बैतडी र दार्चुलामा ५.३ रेक्टर स्केलको भूकम्पको धक्का !

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ः१३ बजे धक्का महसुस गरिएको हो । भूकम्पको क्षतिबारे जानकारी नआएको प्रहरीले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ ।

प्रतिक्रिया दिनुहोस