सभापतिको उम्मेदवारबाट व्याक हुन्न : महामन्त्री कोईराला

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, १२ : १७
सभापतिको उम्मेदवारबाट व्याक हुन्न : महामन्त्री कोईराला

चितवन। नेपाली काङ्ग्रेसका महामन्त्री डा। शशांक कोइरालाले आँफु सभापतिको पदबाट पछि नहट्ने बताएका छन । आज चितवनमा पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले पार्टीको १४ औं महाधिबेशनमा आँफु सभापतिको उम्मेदवार रहने बताए। उनले भने “हैन म कहाँ व्याक हुन्छु ? मत उठ्नेनै प्रयत्न गर्दै छु ।” पार्टीको महाधिबेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आए पछि बन्ने भन्दै उनले आँफु सभापतिको उम्मेदवारबाट पछि नहटेको वताए।

जिल्लाहरुमा काङ्ग्रेसको अधिबेशन चलि रहेको समयमा कार्यतालिका संसोधन गर्नु बाध्यता रहेको उनको  भनाई थियो । क्रियाशिल सदस्यता बिबाद अझै २१–२२ जिल्लामा कायमै रहेको भन्दै उनले यो बिबाद मिलाउनका लागि कार्यतालिका संसोधन गरिएको बताए । क्रियाशिलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उनले जानकारी दिए ।

फरक प्रसंगमा बोल्दै महामन्त्री कोइरालाले कम्युनिष्ट उत्सृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसदमा भएको घटनाले पुष्टि गरेको बताए । बिपक्षिको धर्म बिरोध गर्ने भए पनि हिजोको घटनाले संसदको गरिमामाथि आँच आउने काम भएको उनको भनाई थियो । उनले भने “उत्सृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरु चलिरहेका छन् ।” पावरकै भरमा दम्भ देखाउन खोजेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस