चितवनमा डा.कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय नेकपा एस कमिटि गठन

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १६ : ०९
चितवनमा डा.कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय नेकपा एस कमिटि गठन

चितवन । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले चितवन जिल्ला कमिटी र भरतपुर महानगर कमिटी गठन गरेको छ ।शुक्रबार भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमले डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरेको छ । चितवन कमिटीको उपाध्यक्षमा अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने लब्ली, सचिवमा केपि लामिछाने र सह सचिवमा दिव्या शर्मा आचार्य रहेका छन् ।

यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । महानगर कमिटीको उपाध्यक्षमा केशवराज पोख्रेल, सह सचिवमा सुवास पण्डित रहेका छन् । सचिवको नाम टुंग्याउन बाँकी रहेको बताइएको छ ।