पशुपतिनाथ मन्दिर आजबाट खुल्ला

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १३ : १०
पशुपतिनाथ मन्दिर आजबाट खुल्ला

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि खुला गरिएको छ । कोरोना भाइरस महामारीको जोखिमका कारण ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज शुक्रबार बिहान ६ बजेबाट भक्तजनहरूका लागि खुला गरिएको हो । पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि खुला गरिएको छ ।पशुपति  क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरू पनि खुला भएका छन ।

मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो लहर आएको भन्दै गत वैशाख १० गतेबाट भक्तजनहरूका लागि बन्द गरिएको मन्दिरमा पुजारीहरूले दैनिक नित्य पूजा मात्रै गर्दै आएका थिए । कोरोना महामारीको जोखिमका कारण लामो समय बन्द गरिएको पशुपतिनाथको मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो ।