काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो ।
विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ । त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १र१ जना माग गरिएको छ ।
दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् । प्रहरी प्रधान कार्यालयले उक्त सूचना गोरखापत्रमा प्रकाशित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीमा रोजगारको अवसर
प्रहरी विधेयकका प्रावधान सच्याउन राजनीतिक दलमाथि दबाब
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
प्रहरीका १७ एसपीको सरुवा, को कहाँ पुगे ?
१५ प्रहरी २ महिनादेखि सम्पर्कविहीन
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन