एमसीसी अनुमोलदन नगर्न ६ पत्रकार संगठनको अपिल

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १२ : ५०
एमसीसी अनुमोलदन नगर्न ६ पत्रकार संगठनको अपिल

काठमाडौं । विभिन्न ६ पत्रकार संगठनले अमेरिकी सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन एमसीसी सम्झौता अनुमादन नगर्न सांसदलाई आग्रह गरेका छन् ।  सरकारले एमसीसी अनुमोदनका लागि संघीय संसदको अधिवेशन बोलाएको टिप्पणी भइरहेका बेला विभिन्न ६ पत्रकार संगठनले विज्ञप्ति निकालेर एमसीसी अनुमोदन नगर्न सांसदहरूमा अपिल गरेका छन् । 

साथै उनीहरूले एसमीसी सम्झौताको पक्षपोषण हुने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन सबै सञ्चारमाध्यमलाई पनि आग्रह गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष उदय जिएम, जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विश्वकर्मा, प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर विश्वकर्मा, देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्रकुमार प्रसाईं र अखिल नेपाल पत्रकार युनियनका संयोजक यज्ञ दंगालले संयुक्त विज्ञप्ति जारी गरेर एमसीसी सम्झौतामा रहेका सर्तहरुले नेपालको संविधानलाई अधिनस्थ बनाउने,  नेपालको असंलग्न परराष्ट्र नीति, देशको स्वाधीनता, सार्वभौमिकता एवम् अखण्डतामा गम्भीर आँच आउने प्रष्ट देखिएको भन्दै अनुमोदन नगर्न सांसदहरूमा अपिल जारी गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस