प्रचण्डसँग छलफल गर्न अखिल क्रान्तिकारीका पदाधिकारी खुमलटारमा

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, १० : १२
प्रचण्डसँग छलफल गर्न अखिल क्रान्तिकारीका पदाधिकारी खुमलटारमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटार पुगेका छन् ।

अहिले छलफल जारी रहेको प्रवक्ता जिपी मैनालीले जानकारी दिए । 

संगठनको जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा पेस भएको मस्यौदा विधानमाथि उठेको प्रश्नको जवाफ दिएपछि आजै संशोधन सहित पारित गर्ने कार्यतालिका छ । नेतृत्वको छनोटका लागि बेलुकादेखि निर्वाचन प्रक्रिया अगाडि बढ्दैछ । 

पार्टीले सकेसम्म सहमतिमा नेतृत्व चुन्न सुझाव दिएको छ । तर नेतृत्वका आकाङ्क्षीहरूले प्रत्यक्ष निर्वाचनमा जोड दिएका छन् । यस्तै उमेर हदको विषयमा पनि सहमति भैसकेको छैन ।