तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमले ४३ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाका ६ वटा स्थानीय तहका ४३ वटा वडाम १ हजार ६ सय ८६ पदाधिकारी निर्वाचित भएका हुन् ।
अधिवेशनले गाउँपालिकाको वडाबाट ३७ जना गरी जम्मा ८ सय ८८ र प्रत्येक नगरपालिकाका वडाबाट ४२ जना गरी ७ सय ९८ जना चयन गरेको हो ।
त्यसमध्ये ६ सय ४५ जना क्षेत्रीय प्रतिनिधि बनेका छन् ४३ जना वडा सभापति चयन भएका छन् । क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले जिल्ला अधिवेशनमा भाग लिनेछन् ।
ती ६ सय ८८ जनाबाट गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको जिल्ला अधिवेशनका सहायक निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, ११ : २०
लेखकबाट थप