चितवन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापामारी गरेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो ।
अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली पुगेको छ । टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।
अयोगको हेटौंडा स्थित कार्यालयका प्रवक्ता समेत रहेका सापकोटाले अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको बताए ।‘अस्पतालको फार्मेसीमा अनियमितता भएको उजुरी परेको थियो, अनुसन्धानका लागि आवश्यक कागजात जुटाउन अस्पतालमा छौं,’ उनले भने, ‘ लेखा शाखाबाट आवश्यक कागजात लिन्छौं, फार्मेसी र औषधिको मौज्दातको अवस्था बुझ्छौं ।’अनियमितताको उजुरी परेपछि वीरगञ्जको नारायणी अस्पतालको फार्मेसीका बारेमा समेत अख्तियारले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
भरतपुर अस्पतालको अनुगमनपछि स्वास्थ्यमन्त्री यादव भन्छन् - जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैन
सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै
भरतपुर अस्पतालमा मौसमी ‘फ्लू’ का बिरामी २० प्रतिशतले बढे
भरतपुर अस्पतालमा एक लाखसम्म निः शुल्क उपचार सेवा भएपनि बिरामी आउँदैनन्
भरतपुर अस्पतालमा सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया