धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र फिनल्याण्डको विकास नीति समिति (डिपिसी)का पदाधिकारीबीच आज यहाँ भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्ताका क्रममा दुई पक्षबीचको आपसी हितका विषयमा छलफल भएको सो कार्यालयले जनाएको छ ।
भेटका क्रममा मुख्यमन्त्री भट्टले फिनल्याण्ड सरकारले नेपाल सरकारलाई दिँदै आएको सहयोगका लागि धन्यवाद दिए ।
फिनल्याण्डका संसद सदस्य एवं डिपिसीका अध्यक्ष अैला पालोनिइमी र डिपिसीका उपाध्यक्ष सारा सोफिया सिरेन टोलीमा सहभागी थिए ।
यसैबीच, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्तामा कार्यालयका उपसचिव विसनसिंह थापालाई तोकिएको छ । रासस
प्रतिक्रिया दिनुहोस