काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ ।
पार्टीको केन्द्रीय राजनीति विभागको मङ्गलाबारको बैठकले छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो । पार्टीका महासचिव सी चीनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गरेका थिए ।
बैठकमा सार्वजनिक गरिएको कार्यसूचीअनुसार केन्द्रीय राजनीति विभागले छैटौँ प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १६ भदौ २०७८, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ‘प्रचण्ड’ सँग चिनियाँ उपमन्त्री हायानको शिष्टाचार भेट
चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख हैयान काठमाडौँमा