आँधी र वर्षाका कारण पश्चिम बंगालमा ११ को मृत्यु, कोलाकातामा ९८ किमी/घण्टाको हुरी

एजेन्सी

बुधबार, ०५ बैशाख २०७५, १४ : २०
आँधी र वर्षाका कारण पश्चिम बंगालमा ११ को मृत्यु, कोलाकातामा ९८ किमी/घण्टाको हुरी

कोलकाता । कोलकातामा मंगलबार साँझ आँधीका साँझ भारी वर्षा भएको छ । यसमा ११ जनाको मृत्यु भएको खबर छ । मारिनेमध्ये चार जना कोलाकातामा र ४ हवाडमा रहेका छन् । मौसम विभागका अनुसार ९८ किमी÷घण्टाको हुरी चलेको थियो । जसले गर्दा कयौँ क्षेत्रमा रुख ढल्नुका साथै कयौँ घरको छत उँडेको छ ।

मौसम विभागका क्षेत्रीय निर्देशक जिके दासका अनुसार यो मौसममा आँधी आउनु सामान्य हो । उनले भने, ‘करीब ७ बजेर ५५ मिनेट जाँदा कोलकातासमेत राज्यका कयौँ हिस्सामा ९८ किलोमिटर प्रतिघण्टाको तीव्रतामा हावा चलेको थियो भने अन्य क्षेत्रमा यसको मापन ८४ किलोमिटर प्रतिघण्टा गरिएको थियो ।’

आँधीका कारण कोलाकातामा मात्र २६ स्थानमा रुख खसेको छ । आँधी र वर्षाका कारण कोलकाता र हावडाबाहेक बाँकुरा जिल्लामा एक जना तथा हुगली जिल्ला पनि एक जनाको मृत्यु भएको खबर छ । त्यहाँ केही मानिस घाइते पनि रहेका छन् ।

आँधीका कारण मेट्रो सर्भिसलाई २ घण्टा बन्द गर्नु परेको थियो भने हवाई उडान पनि प्रभावित बनेको थियो । त्यस्तै, कयौँ क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा पनि ठप्प बनेको छ । यसैबीच, झारखण्ड, छत्तीसगढ र गोवा पनि आँधी र वर्षा भएको खबर छ ।

प्रतिक्रिया दिनुहोस