कैलाली । कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ। भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए।
त्यहाँ उनलाई स्लाइन चढाइएको थियो। समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ भदौ २०७८, ०९ : ३८
लेखकबाट थप