यस्ता छन् नेकपा (एकीकृत समाजवादी) को सदस्य बन्ने १४ प्रावधान

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, २० : १६
यस्ता छन् नेकपा (एकीकृत समाजवादी) को सदस्य बन्ने १४ प्रावधान

१। १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक ।

२। भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको ।

३। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको ।

४। कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा कानुन बमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य नरहेको । ५। नैतिकवान् र स्वच्छ चरित्र भएको ।

६। मानसिक सन्तुलन नगुमेको ।

७।  नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नभोगिरहेकोे । ८। प्रचलित कानुनले अयोग्य नभएको ।

९। पार्टीबाट सञ्चालित आन्दोलन र कार्यक्रमहरूमा सहयोगी रहेको ।

१०। पार्टीको सिद्धान्त, कार्यक्रम र नीति आत्मसाथ गरी कार्यान्वयन गर्न तत्पर ।

११। पार्टीको विधान र नियमावली मान्न तत्पर ।

१२। पार्टीको कुनै जन सङ्गठन वा संयन्त्रमा सङ्गठित भई जिम्मेवारी पूरा गर्न तत्पर ।

१३। उत्पादनमूलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रूपान्तरणमा क्रियाशील हुन तत्पर ।

१४। समाजमा रहेका अवैज्ञानिक धारणा तथा अन्धविश्वासबाट सिर्जित समस्या हटाउनका लागि क्रियाशील हुन तत्पर रहेको ।