रुपन्देही । लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।
वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले बताए । “अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ”, उनले भने ।
यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षात्का कारणका पूर्वपश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिएपछि वैकल्पिक व्यवस्था नभएका कारण सडकमा सवारी आवागमन रोकिएको प्रवक्ता थापाले बताए । पुल भासिएपछि बुटवलतर्फबाट जाने र आउने सवारी साधन सडकमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ भदौ २०७८, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२९४ जनाको सकुशल हवाई उद्दार
नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा
उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीपंक्तिलाई सभापति देउवाको निर्देशन
चितवनका विभिन्न स्थानमा भारी वर्षा
बाढी, पहिरो र डुबानमा परेर १७० जनाको मृत्यु, २०३ जना घाइते, ४८ बेपत्ता
ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार