पोखराको महेन्द्रपुलको सडक भासियो

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, ०९ : ५०
पोखराको महेन्द्रपुलको सडक भासियो

पोखरा । पोखरा महेन्द्रपुलमा रहेको सडक भासिएको छ । सडक भासिदा नजिकै रहेको कार भने भ्वाङमा पर्नबाट जोगिएको छ । महेन्द्रपुलस्थित गरिमा विकास बैंकको आडैको सडक भासिएको हो ।

आइतबार साँझ पोखरामा भारी वर्षा भइरहँदा सो सडक भासिएको हो । उक्त पानीलाई राती नै तर्काइएको छ भने कुनै क्षति नभएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । गएराति ८ बजेदेखि पोखरामा निरन्तर वर्षा भैरहेको छ ।

राति १० बजे उक्त क्षेत्रको सडक भासिँदा पत्रकार सञ्जय मल्ल नजिकै थिए । उनले नै पोखरा महानगरपालिका र प्रहरीलाई सडक भासिएको बारे खबर गरेका थिए ।

पोखराका नालीले वर्षातको पानीलाई धान्न नसक्दा यस अघि पनि सडक भासिने गरेका छन् । सभागृहचोक, चिप्लेढुँगा, महेन्द्रपूल लगायतका क्षेत्रमा यसअघि पनि सडक भासिने गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस