रुपन्देहीमा १५ वर्षीया किशोरी मृत फेला

मंगलबार, ०४ बैशाख २०७५, १५ : ४१
रुपन्देहीमा   १५ वर्षीया किशोरी मृत फेला

रुपन्देही । स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा आज १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् । सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

“उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला”, उहाँले भन्नुभयो । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस