काठमाडौं । विश्व महिला फुटबलमा नेपालको वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
यसअघि १००औं स्थामा रहेको नेपाल नयाँ वरीयताअनुसार १०१ औं स्थानमा पुगेको छ । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।
यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ ।विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै स्विडेन दोस्रो स्थानमा उक्लँदा जर्मनी तेस्रो स्थानमा झरेको छ । नेदरल्यान्ड्स चौथो र फ्रान्स पाँचौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ भदौ २०७८, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरिस ओलम्पिक महिला फुटबलमा कुनकुन देश सहभागी हुँदैछन् ?