१४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, ११ : ५१
१४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

बारा । बारामा किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । पचरौतामा नगरपालिका वडा नम्बर ७ स्थित बेनौली गाउँकी १४ वर्षीया किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । 

घरमा कोही नभएको मौका छोपी मंगलबार २५ वर्षिय रुसियन साहले बलात्कार गरेको बारा प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

थप अनुसंधानपछि आरोपित साहमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस