काठमाडौं । नेकपा एमालेले प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई सांसद पद नरहने गरी कारवाही गरेको छ । कारवाहीको विवरणसहितको पत्र मंगलबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइएको हो ।
शाही र खत्री हाल प्रदेश सरकारमा सहभागी छन् । प्रदेशसभामा एमालेका मुख्य सचेतक भूमिश्वर ढकालका अनुसार शाही २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेकै चुनाव चिह्नबाट विजयी भएको र वलीले पार्टीको विधान, संसदीय दलको विधान र नियमविपरीत गतिविधि गरेको भन्दै दुवैलाई सांसद पद नरहने गरी कारवाही गरिएको विवरणसहित सभामुखलाई पत्र बुझाइएको हो ।
अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए । यस्तै वली एमाले नेता उत्तमकुमार वलीको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएकी थिइन् ।
शाहीले आफू स्वतन्त्र सांसद भएको दाबी गर्दै एमालेको ह्वीप नलाग्ने बताउँदै आएका छन् । वलीले भने आफू उप निर्वाचनबाट तत्कालीन नेकपाका तर्फबाट उम्मेदवार भएकाले एमाले र माओवादी केन्द्रमध्ये कुन दलमा रहने भन्ने निर्णय गर्ने अधिकार आफूसँग सुरक्षित रहेको भन्दै हाल माओवादी केन्द्रमा रहेको बताउँदै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने अवस्था आयो: मुख्यमन्त्री आचार्य
लुम्बिनीमा खुलेर लगानी गर्न मुख्यमन्त्री आचार्यको अपिल
लुम्बिनीका मुख्यमन्त्रीको सल्लाहकारमा लक्ष्मणराज नियुक्त
लुम्बिनी प्रदेश सरकारको १०० दिनको १०१ उपलब्धि सार्वजनिक
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
भ्रष्टाचार शून्यमा झार्न पारदर्शी व्यवहार चाहिन्छ : मुख्यमन्त्री आचार्य