अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौं आइपुगे

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, ११ : ०३
अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौं आइपुगेका छन् ।

कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पुर्‍याइएको थियो ।

कुबेतबाट चार्टड फ्ल्याइटमार्फत उनीहरू नेपाल आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस