प्रचण्डको प्रस्तावमाथि समूहगत निष्कर्ष सुनाउन शुरु

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, १२ : ११
प्रचण्डको प्रस्तावमाथि समूहगत निष्कर्ष सुनाउन शुरु

काठमाडौं । दोस्रो दिन पनि जारी माओवादी केन्द्रको बैठक शुरू भएको छ । बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक, सांगठानिक प्रतिवेदन र आन्तरिम विधान प्रस्तावमाथि सुमहगत रूपमा भएको छलफलको जानकारी गराउन शुरू भएको छ ।

बैठकमा प्रदेश समिति अध्यक्षहरूले छलफलको निष्कर्ष सुनाउन शुरू गरेका छन् ।अहिले प्रदेश १ बाट राम कार्कीले धारणा राखिरहेका छन् । त्यसपछि क्रमशः प्रदेश २ बाट रामचन्द्र झा, वागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती , सुदूरपश्चिमबाट देवबहादुर चौधरी, कर्णालीबाट मायाप्रसाद शर्मार विशेष मोर्चाबाट युवराज चौलागाईले टोली नेताका रूपमा धारणा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस