यस्तो रह्यो ओली–प्रचण्डबीचको वान टु वान वार्ता

सोमबार, ०३ बैशाख २०७५, १४ : ०३
यस्तो  रह्यो  ओली–प्रचण्डबीचको वान टु वान वार्ता

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टू वान’ वार्ता सकिएको छ । एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन  दई अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको हो ।

करिब साढे २ घण्टा भएको वान टु वान  छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापाकोटाले भोलि विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको बताए ।

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यसअघि सहमति हुन नसकेका विषय एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस