एमालेले बोलायो स्थायी कमिटीको बैठक

सोमबार, ०३ बैशाख २०७५, १३ : ०९
एमालेले बोलायो स्थायी कमिटीको बैठक

नेकपा एमालेले पार्टी स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले साेमबार साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् । पार्टी एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ सँगको भेटमा भएको छलबारे पार्टीमा ब्रिफिङ गर्न ओलीले एमाले स्थायी कमिटी बैठक बोलाएका हुन् । ओली र प्रचण्डबीच बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताका विषयमा कुराकानी हुने यसअघि नै समाचारमा आएको थियो ।
ओली–प्रचण्डबीच हुने सहमतिका आधारमा एमाले स्थायी समितिमा छलफल र आवस्यक निर्णय हुने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस