काठमाडौं । हाडनाता करणी आरोपमा तुलसीपुर प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पश्चिम दाङको शान्तिनगर गाउँपलिका घर भएका किशोर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
किशोरले गएको असार ७ गते दिउँसो १२ बजे ९ बर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
बालबालिकाको संवेदनशीलतालाई ख्याल राखेर प्रहरीले आरोपीको नाम गोप्य राखेको छ । स्थानीय प्रहरीले ती किशोरलाई पक्राउ गरेर बिहीबार ईलाका प्रहरीमा बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, ११ : ५८
लेखकबाट थप