प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, ०९ : ३६
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूची रहेका छन् ।  आज बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । को महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

सचिवालयका अनुसार, अर्थमन्त्री  शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र  “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्नेछन् ।

 यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै सांसद प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सुवालले “विनियोजन अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नेछन् भने “आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नेछन् । यस्तै सुवालले  नै “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नेछन् ।