काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बस्न लागेको छ । पार्टीको संसोधित विधान, संगठनात्मक कार्ययोजना र पार्टीको आगामी कार्ययोजना लगायतका विषय तय गर्नका लागि माओवादी केन्द्रको केन्द्रीय कमिटिको बैठक बस्न लागेको हो ।
बैठक भोलि विहान ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बोलाईएको छ । त्यसको तयारीका लागि आज दिउँसो स्थायी कमिटि बैठक बोलाएको छ ।बैठकले केन्द्रीय कमिटि बैठकको एजेण्डा तय गर्ने भएको छ ।
यस अगाडी माओवादी स्थायी कमिटिले केन्द्रीय कमिटिको बैठक अगाडी नै सवै वडा कमिटि गठन गरेर केन्द्रीय कमिटिमा त्यसको रिपोट सहित उपस्थित हुन आग्रह गरेका छन् । माओवादीको अहिले धेरै जसो वडामा पार्टी कमिटि गठनको कामले तिव्रता पाएको छ ।
माओवादी स्थायी समिति सदस्य गणेश साहले भने, आज दिउँसो स्थायी समिति र भोलि केन्द्रीय कमिटी बैठक बस्दै छ । माओवादी केन्द्र अहिले सरकारमा पनि छ । काग्रेस जसपासहितको गठबन्धन सरकारमा माओवादी छ । यी विषयमा पनि केन्द्रीय कमिटि बैठकमा छलफल हुने नेता साहले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
‘प्रचण्ड’द्वारा चोत्लुङ पार्क अवलोकन
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड