सरकारले तुरुन्त अफगानिस्तानबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरेर ल्याउने काम गरोस् : खगराज अधिकारी

सफल खबर संवाददाता

विहीबार, २८ साउन २०७८, १४ : १६
सरकारले तुरुन्त अफगानिस्तानबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरेर ल्याउने काम गरोस् : खगराज अधिकारी

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्दार नगरे संसद चल्न नदिने चेतावनी दिएका छन् ।

बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा उनले भने– ‘सरकारले तुरुन्त अफगानिस्तानबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरेर ल्याउने काम गरोस् हैन भने यो सरकार नालायक छ भनेर संसदमा हामी भन्नेछौँ । त्यहाँका नेपालीलाई सरकारले फर्काएर नल्याएसम्म संसदमा हामी काम गर्न दिदैनौँ ।

उनीहरुलाई सुरक्षित रुपमा नेपाल अवतरण गराइयोस्, यही माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस