काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुले अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् ।
ललितपुरको समीट होटलमा बसेको भेलाले ६ बुँदे सुझावसमेत तयार पारेको छ । त्यसमा अहिले महाधिवेशन गर्न नसकिने प्रमुख निष्कर्ष रहेको ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले जानकारी दिए ।
भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको उनले बताए । सो प्रतिवेदन आजै पार्टी सभापति एवमे प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १४ : ०५
लेखकबाट थप