मैलुङ खोला जलविद्युत कम्पनीको सेयर बाँडफाँड, भाग्यशाली ६ जनाले पाए ११/११ कित्ता

सफल खबर संवाददाता

मंगलबार, २६ साउन २०७८, १२ : २१
मैलुङ खोला जलविद्युत कम्पनीको सेयर बाँडफाँड, भाग्यशाली ६ जनाले पाए ११/११ कित्ता

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले गत साउन १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर आज मंगलबार बाँडफाँड गरेको हो । 

उक्त आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने, स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

जसमध्ये ६ जना भाग्यशाली आवेदकले ११/११ कित्ताका दर सेयर हात पारेका छन् ।

कम्पनीले एक सय रुपैयाँ अङ्कित कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेकोमा १४ हजार ७२६ कित्ता कर्मचारी, ३६ हजार ८१४ कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस