कन्टेनरको ठक्करले पैदल यात्रु घाइते

आइतबार, ०२ बैशाख २०७५, २१ : ०८

चितवन । काठमाडौंबाट विराटनगर जाने क्रममा चितवनतर्फ आउँदै गरेको ना ३ ख ७६०५ नम्बरको कन्टेनरले ठक्कर दिएपछि एक जना पैदल यात्री गम्भीर रुपमा घाइते भएका छन् । आज आइतबार राति पौने नौ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर चार लेवाटारमा कन्टेनरले ठक्कर दिएपछि २४ वर्षीय मंगल सदा गम्भीर घाइते भएका हुन् ।

सुनसरीको बराह नगरपालिका वडा नम्बर चार निवासी सदाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार, घाइते सदालाई उपचारको लागि भरतपुरतर्फ ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस