राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त

आइतबार, ०२ बैशाख २०७५, २१ : ०४
राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गरेकी छन् ।  

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, राष्ट्रपति भण्डारीले थाइल्यान्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदुत पदमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस