काठमाडौं । सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पोखराका ५० वर्षीय नवीनकुमार केसी, तनहुँ म्याग्देका ३५ वर्षीय दिपक विक, उनका ११ वर्षीय छोरा विश्वास विक, म्याग्देकै ८० वर्षीय आइतमाया नेपाली, तनहुँकै २८ वर्षीय सबिन ठकुरी र तनहुँ भानु नगरपालिका ४ बस्ने २७ वर्षीय राजकुमार बिक सामान्य घाइते भएका छन् ।
बस आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, ११ : २९
लेखकबाट थप