भरतपुर माध्यमिक विद्यालयमा लगाईएको ताला खोल्न पाँच विद्यार्थी संगठनहरुको माग

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १८ : ११
भरतपुर माध्यमिक विद्यालयमा लगाईएको ताला खोल्न पाँच विद्यार्थी संगठनहरुको माग

चितवन । भरतपुर माध्यमिक विद्यालयमा गैरजिम्मेवार समुहहरुले तालाबन्दी गरेकोमा चितवनका पाँच विद्यार्थी संगठनहरुले गम्भिर ध्यानआकर्षण भएको जनाएका छन् ।

विभिन्न गैर शैक्षिक माग राखी विद्यालयको शैक्षिक देखि सम्पूर्ण गतिविधि ठप्प पार्ने कार्य निन्दनीय भएको भन्दै संगठनले आज विज्ञप्ति जारी गरी यस्तो कार्य तत्काल रोक्न माग गरेका हुन । 

कोभिड महामारीले विद्यार्थीको शैक्षिक जीवन अस्तव्यस्त भएको भन्दै संगठनले विद्यालय खुलाउन आग्रह गरेका छन् ।एस ई ई परीक्षाको नजिता प्रकाशन भई कक्षा ११ को भर्ना प्रक्रिया संचालन  गर्नुपर्ने बेलामा सार्वजनिक विद्यालयमा तालाबन्दी गरी अप्रत्यक्ष रुपमा निजी विद्यालयहरुलाई फाईदा पुयाउने सो कार्य शंकास्पद भएको भन्दै यस्ता कार्य तत्काल रोकी विद्यालयको शैक्षिक गतिविधि सुचारु गराउन सम्बद्ध पक्षहरुसंग आहवान गरेका छन्।


 

प्रतिक्रिया दिनुहोस