घरको छतबाट खसेर मृत्यु

आइतबार, ०२ बैशाख २०७५, १७ : ४२
घरको छतबाट खसेर मृत्यु

चितवन । भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै घरको छतबाट खसेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ६५ वर्षीय गोविन्द कँडेलको तीन तलामाथिको छतबाट खसेर मृत्यु भएको हो ।
उच्च रक्तचापको समस्या भएका कँडेल छतको रेलिङ समाएर उभिँदै गर्दा अकस्मात खसेको प्रहरीले जनाएको छ । छतबाट खसेर गम्भीर घाइते भएका कँडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।(रासस)

प्रतिक्रिया दिनुहोस