काँग्रेसभित्र भाडभैलो मच्चाइदै, किन भारत गएर फर्किए निधि

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, ०८ : १३
काँग्रेसभित्र भाडभैलो मच्चाइदै, किन भारत गएर फर्किए निधि

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनलाई लिएर शुरु भएको रडाको साम्य भएको छैन । विशेष गरी काँग्रेसभित्र दक्षिण छिमेकीले खेल्न थालेको छ ।

विशेषगरी तत्कालीन नेकपालाई छिन्न भिन्न बनाउन भारतले खड्ग ओली मार्फत खेलेको थियो । खड्ग ओलीलाई अगाडि सारेर झण्डै दुईतिहाई जनमत प्राप्त गरेको नेकपा फुटाइयो । यस्तै, नेकपा(एमाले) पनि ओलीकै कारण धारासायी बनाइयो । प्रधानमन्त्री निवास बालुवाटारभित्र खसफिया एजेन्सी रअ का प्रमुखलाई भेटेपछि ओलीको मुड परिवर्तन भएको थियो । 

संसद विघटन गर्ने, संविधान मिच्ने काममा ओली लागे । सोही शैली काँग्रेसभित्र पुरनरावलोकन गर्न खोजिएको छ । भारतले काँग्रेसभित्र भाडभैलो मच्चाउनका लागि विमलेन्द्र निधिलाई अगाडि सारेको छ । केही दिन पहिले निधि भारत पुगेर फर्केका छन् । भारतका संस्थापन पक्षका केही नेता र खुफिया एजेन्सीका मान्छेसँग निधिले भेटेर आएको चर्चा राजनीति बजारमा शुरु भएको छ । केहीले अमेरिकन अधिकारीसँग भेटनका लागि निधि दिल्ली पुगेको बताएपनि खासमा उनले खुफिया एजेन्सीका मानिससँग भेटेर काँग्रेसभित्र कसरी भाडभैलो मच्चाउने भनेर खजना लिएरु आएको बताइन्छ । 

यतिबेला ओलीले बिगारेको देशलाई सही मार्गमा लैजाने भूमिका र जिम्मेवारी काँग्रैसको काँधमा आइपरेको छ । समयले दिएको यो कामलाई कुनै पनि शर्तमा पूरा गर्नुपर्ने दायित्वलाई उसले नजरअन्दाज गर्न सक्दैन । काँग्रेस सभापति शेरबहादुर देउवालाई बलियो आड भरोसा दिएर माओवादी अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बनाएका छन् । यस्तो बेला काँग्रेसभित्र पनि बलियो एकताको आवश्यकता छ । 

संविधान, विधि तथा पद्दतीको हितका लागि काँग्रेसले एकमतकासाथ निर्णय गर्नुपर्नेमा भारतले निधि मार्फत खेल्न खोजेको सहजै अनुमान लगाउन सकिन्छ । पछिल्ला दिनमा राजकमाुर हौ भन्दै सशांक कोइराला , विमलेन्द्र निधि र प्रकाशमान सिंहले जुन व्यवहार देखाइरहेका छन् । त्यो सरासर देशलाई भड्खालोमा हाल्ने र जनताले रगत बगार ल्याएको परिवर्तनलाई धुलीसात गर्ने साजिस लुकेको छ । 

भारतकै योजनामा निधिले काँग्रेस सभापतिका लागि आफू तयार भएको घोषणा गरेका हुन् । काँग्रेस महामन्त्री रहेका संशाक काइरालो हिन्दु राज्यको अवधारणा अगाडि सारेका हुन् । यसमा कोही कसैले दुइमत राख्नुपर्ने ठाँउ छैन । उनले पटकपटक हिन्दु राज्यको कुरा गर्ने गरेका छन् । संघीयता, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी प्रतिनिधित्वको सवालमा काँग्रेसभित्रको अनुदार समूहलाई भारतको आड भरोसा रहेको छ । 

त्यसमा यतिबेला प्रमुख पात्रको रुपमा निधिलाई  अगाडि सारिएको छ । यतिबेला जसरी भएपनि संविधानसभाबाट जारी भएको संविधानलाई जसरी भएपनि डिरेल गर्ने भारतको योजना रहेको देखिन्छ । ओलीमार्फत गर्न खोजिएको अपराधलाई अब काँग्रेसमार्फत कार्यान्वयन गराउन खोजिएको छ । ओली त निमित्त पात्र थिए । उनको मिति अब पुगेको छ । ओली नेपाली राजनीतिको रसातलमा पुगिसकेका छन् । अब उनबाट कुनै पनि योजना कार्यान्वयन गराउन सकिदैन । तर, अब उपाय के त भन्ने सोच र खोजमा काँग्रेस अगाडि आएको छ । 

दुई दुई पटक ओलीले विघटन गरेको प्रतिनिधिसभा अदालतको आदेशबाट व्यूतिएको छ । यसको महत्वपूर्ण कार्यभार बाँकी रहेको छ । संविधान कार्यान्वयन, संघीयताको कार्यान्वयन तथा जनताको आर्थिक समृद्धिको लागि सरकारले धेरै काम गर्नुपर्ने दायित्व रहेको छ । यसलाई भूल्ने र सत्तास्वार्थमा अल्झने छुट अब काँग्रेसलाई छैन । लोकतन्त्रको मसिहाका रुपमा मानिएको काँग्रेसले गर्ने हरेक निर्णयले अब नेपालको राजनीतिमा महत्वपूर्ण अर्थ राख्छ । 

काँग्रेसको महाधिवेशन हुनु र नहुनुु भन्दा पनि देश रहने वा नरहने भन्ने नै आम चिन्ता रहेको छ । देश रहे पो पार्टी रहला, राजनीति रहला भन्ने कोणबाट हेर्नुपर्ने अवस्था रहेको छ । काँग्रेसभित्र हुर्किएको दक्षिणपन्थी अवसरवादी रुझानका कारण समस्या खडा भएको छ । यो रुझानलाई बेलैमा निमिट्यान्न पारेर देश र जनताको पक्षमा दह्रोसँग उभिने बेला आएको छ । अब पनि नचेते कहिले चेत्ने भन्ने कोणबाट सोच्नु जरुरी भएको छ । भारतीय इशरामा राष्ट्रिय आकांक्षा विरुद्ध बोल्ने कि , जनताको भावना अनुसार अगाडि बढ्ने आजको अह्म प्रश्न हो । 

नेपाली जनताको साथ र सहयोगबाट नेपाली काँग्रेसले गरेको नेतृत्वका कारण देशले गणतन्त्र पाएको हो । उद्यपी, गणतन्त्रका राष्ट्रपतिले पनि जनताको भावना अनुसार काम गर्न नसकेको बेलाबेलामा प्रतित हुँदै आएको छ । विद्या भण्डारीले ओलीको महत्वाकांक्षालाई पुठ दिएर संविधान नै खारेज गराउन लागिपरिन् । राजनीतिमा यस्ता विषयलाई सिक्ने वा सिकाउने अवसरका रुपमा लिएर आगामी दिनमा सहज तरिकाले नयाँ मानिस खोज्नेतर्फ राजनीतिक दलले विशेष ध्यान दिनु जरुरी छ । किनकी, गणतान्त्रिक व्यवस्था भनेको कमजोरीलाई आत्मसात गर्ने, गल्ती नगर्ने प्रतिवद्धता जनाउने राजनीतिक प्रणाली पनि हो । 

त्यसकारण काँग्रेसले बेलैमा आफूलाई राजनीतिक रुपमा प्रष्ट गर्नुपर्ने बेला आएको छ । समयमै सबै विषयलाई राम्रोसँग ध्यान दिन नसकेको खण्डमा आगामी दिनमा मुलुकले झनै ठूलो संकट खेप्नुपर्नेछ । त्यसकारण पनि काँग्रेसले भारतीय इशारामा भन्दा पनि देश र जनताको इशारामा उनीहरुको भावनालाई अंगीकार गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । अन्यथा भोलि चुक्चुकाएर बस्नुको कुनै अर्थ रहँदैन । किनकी मौकामा हिरा फोर्नु, बेमौकामा कौडी पनि नझिक्नु पनि नेपाली समाजमा लोकप्रिय उखानको सार्थकर्ता रहन सक्छ । 

प्रतिक्रिया दिनुहोस